Logo

भ्रमण वर्ष प्रर्वद्धन गर्दै रोयल इन्फिल्ड बाइकको ‘ट्रिजर हन्ट राइड र्याली–२०१९’ सम्पन्न, ३७५ राइडरहरु सहभागी

भ्रमण वर्ष प्रर्वद्धन गर्दै रोयल इन्फिल्ड बाइकको ‘ट्रिजर हन्ट राइड र्याली–२०१९’ सम्पन्न, ३७५ राइडरहरु सहभागी



काठमाडौं । रोयल इन्फिल्डको ‘ट्रिजर हन्ट राइड र्याली–२०१९’ कार्यक्रम सम्पन्न भएको छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले शनिबार आयोजना गरेको सो कार्यक्रम मोटरसाइकलको शोरुमबाट सुरु गरी हिमालयन मोटरल्याण्ड, धुलिखेलमा गई विभिन्न खेल तथा कार्यक्रम गरी सम्पन्न भएको हो ।

laxmi

कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथी भ्रमण वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले गरेका थिए । उनले सहभागीहरुलाई फ्ल्याग अफ गरी यात्राको लागी शुभकामना दिएका थिए । समापन समारोहका प्रमुख अतिथी भने धुलिखेल नगर पालिकाका मेयर अशोकब्यन्जु श्रेष्ठ रहेका थिए । उनले कार्यक्रमका बिजेताहरुलाई ट्रफी तथा मेडलले सम्मान गरे ।

विभिन्न पहेलि तथा क्लूहरु हल गरी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विश्व सम्पदा सुचिमा रहेका काठमाडौंका सम्पदा परिक्रमा गरी सहभागीहरु सल्लाघारीमा जम्मा भएका थिए । २५० रोयल इन्फिल्ड मोटरसाइकल मा सवार लगभग ३७५ राइडरहरुको नेतृत्व गर्दै रोड क्याप्टेन रमेश अवाले सल्लाघारीबाट हिमालयन मोटरल्याण्ड, धुलिखेल पुगेका थिए ।

कार्यक्रम मा फिगर इट आउट, टग अफ वार, पुस योर सोल र स्लो रेस जस्ता भाइचारा अनि आपसि मेल बढाउने खेलहरु समावेस गरिएका थिए । सुमित प्रजापति फिगर इट आउट खेलका बिजेता भए भने, राजेश महर्जनले दोश्र्रो स्थान र सन्देश खडकाले तेश्रो स्थान लिन सफल भए । सुप्रिम भण्डारी, कुशल खडका, नकुल थापा, सुमेश लामा र कल्पन राई टग अफ वार खेल का विजेता भए । त्यस्तै सुनभ भण्डारीले पुस योर सोल खेल मा प्रथम स्थान, सुप्रिम भण्डारीले दोश्रो स्थान, र सुजल थापाले तेश्रो स्थान हात पार्न सफल भए ।

सन्देश खडका स्लो रेसका बिजेता भए भने सनिस कर्मचार्य दोश्रोे तथा भुपेन्द्र वैद्य तेश्रो भए । सतिश श्रेष्ठले अत्यधिक २८ अंक ल्याउँदै ‘ट्रिजर हन्ट राइड र्याली–२०१९’ को प्रथम स्थान हासिल गर्न सफल भए भने, राहुल रोएले २५ अंक ल्याउँदै दोश्र्रो स्थान र २४ अंक ल्याउँदै सुजल वैद्यले तेश्रो स्थान हासिल गर्न सफल भए ।

बिजेताहरुलाई धुलिखेल नगर पालिकाका मेयर अशोक ब्यन्जु श्रेष्ठ र रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौडेलले ट्रफी तथा मेडलले सम्मान गरेका थिए । भ्रमण वर्ष २०२० को प्रचार एवं प्रर्वद्धन, सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना तथा स्वस्थ्य जीवन शैलीको सन्देश प्रवाह गर्ने र्यालिको मुख्य उद्देश्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL