काठमाडौं । सरकारले फुकोट कर्णाली अर्ध जलाशाययुक्त आयोजनाको लागि जग्गा अधिग्रहण गर्ने भएको छ । उक्त जग्गा अधिग्रहणको लागि पुरै जग्गाधनीलाई ७५ प्रतिशत र आंशिक जग्गाधनीलाई ६६ प्रतिशत मुआब्जा दिने गरि निर्णय भएको सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बासकोटाले जानकारी दिएका छन ।
उनले बिहीबार नियमित पत्रकार भेटमा बोल्दै उक्त कुरा बताएका हुन । त्यस्तै सरकारले हेटौंडा ढल्केबर ईनरुवा ४ सय केभी प्रसारणलाईन अन्तरगत पर्ने जग्गाधनीलाई पनि सोही रकम बराबरको मुआब्ज हुने गरि निर्णय भएको बताए ।
रानी जमरा कुलेरिया सिँचाई आयोजनाको लम्कि विस्तार मुल नहरमा परेको ऐलानी जग्गाधनीलाई समेत सोही रकम बराबरको मुआब्ज दिने गरी निर्णय भएको मन्त्री बासकोटाले जानकारी दिएका छन ।
सो क्षेत्रमा निर्माण हुने कार्यालय भवन तथा आवश्यक अन्य निर्माणको लागि सरकारले पुरै जग्गा धनीलाई ७५ र आंशिक जग्गा धनीलाई ६६ प्रतिशत मुआब्ज दिने निर्णय गरेको हो ।