Logo

राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा प्रहरी अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा प्रहरी अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना



काठमाडौं । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४० लाख रुपैयाँ आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’ को स्थापना गरिएको हो ।

नयाँ रक्तसञ्चार केन्द्रको बुधबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिएका छन । उनले भने, ‘अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन राम्रो सेवा प्रदान गर्न लाग्नुहोस ।’

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० शैयाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताए । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिए ।

महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’ को समेत शुभारम्भ गरेका थिए । विसं २०४० चैत २७ गते २५ शैयाबाट सुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० शैया रहेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL