Logo

मौसम खराब भए पछि पोखरा विमानस्थल बन्द, दुई हेलिकप्टर खेल मैदानमा अवतरण

मौसम खराब भए पछि पोखरा विमानस्थल बन्द, दुई हेलिकप्टर खेल मैदानमा अवतरण



काठमाडौं । पोखराको मौसममा आएको खराबी आए पछि पोखरा विमानस्थलबाट हुने उडान अवतरण हुन सकेको छैन ।

पोखरा विमानस्थलबाट अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा खराबी आए पछि खेल मैदानमा अवतरण गराइएको छ ।

उक्त हेलिकप्टरले पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका थिए । विमानस्थलको मौसम खराब भए पछि ति हेलिकप्टरलाई पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गर्नुपरेको हो ।
मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा रहेको विमानस्थलका सूचना अधिकारी काशीनाथ अधिकारीले जानकारी दिएका छन । रासस

प्रतिक्रिया दिनुहोस्
MBL