Logo

बैंक हृयाक गरी रकम चोरी गर्ने गिरोहका तीन पक्राउ, चिठ्ठाबाट १५ करोड रुपैयाँ ठगी गरेको पनि आरोप

बैंक हृयाक गरी रकम चोरी गर्ने गिरोहका तीन पक्राउ, चिठ्ठाबाट १५ करोड रुपैयाँ ठगी गरेको पनि आरोप



काठमाडौं । पछिल्लो समय नेपालको वित्तिय क्षेत्रलाई नै चिन्तित बनाएको बैंकिङ प्रणाली ह्याक गरी रकम चोरी गर्ने कार्यमा संलग्न गिरोहका तीन सदस्य पक्राउ परेका छन् । लाई महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् । उनीहरुलाई राजधानीबाहिरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले चिठ्ठा परेको भन्दै सार्वसाधारणलाई सामाजिक सञ्जालको प्रयोग गरी ठग्ने गरेको पाइएको महाशाखाले जनाएको छ। चिठ्ठाको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL