Logo

निर्माण व्यवसायी महासंघले मनायो राष्ट्रिय निर्माण दिवस, प्रभातफेरि तथा रक्तदान कार्यक्रम आयोजना

निर्माण व्यवसायी महासंघले मनायो राष्ट्रिय निर्माण दिवस, प्रभातफेरि तथा रक्तदान कार्यक्रम आयोजना



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ विभिन्न कार्यक्रम गरि मनाएको छ । निर्माण दिवसका अवसरमा महासंघले राजधानीमा आइतबार विहान प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको प्रभातफेरि माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरसम्म पुगेको थियो ।

प्रभातफेरिको उद्घाटन महासंघका सल्लाहकार रमेश शर्माले गरेका थिए । प्रभातफेरिमा सहभागीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली–निर्माणबाट समृद्धि, पूर्वाधार निर्माण विकासको आधार, सार्वजनिक निर्माण सबैको सरोकार, श्रमीक र व्यवसायी निर्माण उद्योगका पर्यायवाची’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । सोही अवसरमा महासंघका सल्लाहकार शर्मा र अध्यक्ष रवि सिंहले संयुक्त रुपमा महासंघको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरेका थिए ।

१२ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघले आइतबार नै महासंघ सचिवालयमा गरेको रक्तदान कार्यक्रममा २६ जना दाताले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई महासंघका अध्यक्ष रवि सिंह लगायतका पदाधिकारीहरुले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । महासंघले प्रत्येक वर्ष मंसिर २२ मा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL