Logo

भ्रमण बर्षको गीत रचना गर्न सार्वजनिक आह्वान, उत्कृष्ट रचना पुरस्कृत हुने

भ्रमण बर्षको गीत रचना गर्न सार्वजनिक आह्वान, उत्कृष्ट रचना पुरस्कृत हुने



काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसारका लागि भ्रमण बर्ष सचिवालयले उपयुक्त गीतका लागि सार्वजनिक आह्वान गरेको छ । सचिवालयका अनुसार १० दिन भित्र गीत रचना गरि पठाउनु पर्ने छ ।

गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत पठाउन भनिएको छ । प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई पुरस्कार दिने सरकारको तयारी रहेको छ ।

सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीतसंगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आह्वान गरेको हो ।

सचिवालयका अनुसार, गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्नेछ । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको ‘भिजिट नेपाल २०२०’ आगामी जनवरी १ मा औपचारिक शुभारम्भ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL