Logo

यसकारण पोखरेली पर्यटन व्यवसायीमा देखियो उत्साह, खेल पर्यटनबाटै फड्को मार्ने विश्वास

यसकारण पोखरेली पर्यटन व्यवसायीमा देखियो उत्साह, खेल पर्यटनबाटै फड्को मार्ने विश्वास



पोखरा । देशको राजधानी काठमाडौँ पछि पहिलोपटक पोखरामा सागका आठ खेल सञ्चालन हुने भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन्। सागका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी, अफिसियल तथा अन्य पर्यटकका लागि यहाँका हिमाल, तालतलैया स्वागतको पर्खाइमा छन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले हालै गरेका भ्रमणबाट प्राप्त विश्वव्यापकता पछि सुन्दर नगरी पोखरा यतिखेर आसन्न दक्षिण एशियाली खेलकू(साग)को तीव्र प्रतिक्षामा छ।


साग सञ्चालनसँगै पोखरा खेल पर्यटनको पनि उत्तिकै सम्भावनायुक्त क्षेत्रका रुपमा स्थापित बन्ने र यस ठाउँमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन हुने गरी ‘माइस टुरिजम’को विकास गर्न सकिने भएको छ। पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा पोखरा प्राकृतिक रुपमा आफैँमा सुन्दर शहर भएकाले साग अन्तर्गतको केही खेल यहाँ सञ्चालन हुनु महत्वपूर्ण अवसर रहेको बताउँछन्। सागलाई लक्षित गरी आउने पर्यटकको स्वागतका लागि पोखरेली आतुर भएको बताउँदै उनले आफूहरूले यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएको जनाए।

सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएको र सन् १९९९ मा तेस्रो संस्करणको साग नेपालमा भएको थियो। त्यसयता दुई दशकपछि १३ औँ संस्करणको साग आयोजना गर्ने अवसर यस पटक जुरेको हो। यस संस्करणको सागका केही खेल पहिलोपटक राजधानी बाहिर पनि खेलाउन लागिएको छ।

कूल २६ खेलमध्ये आठ वटा पोखरा र एउटा खेल जनकपुरमा हुँदैछ। प्रतियोगितामा सहभागिताका लागि दक्षिण एशियाली राष्ट्रबाट ठूलो सङ्ख्यामा खेलाडी, अफिसियल, विदेशी पाहुना तथा सञ्चारकर्मीसमेत आउने भएकाले यसबाट पोखराको पर्यटनको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रर्वद्धन हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

यही मङ्सिर १५ गतेदेखि साग शुरु हुँदैछ । ‘पहिलोपटक पर्यटकीय शहर पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनाले यहाँको अर्थतन्त्र चलायमान बनाउनुका साथै पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुनेछ’, उनले भने।

सागका लागि पोखरा आउने पर्यटकले यहाँका प्राकृतिक सुन्दरताको मोहकता विश्वमाझ पुर्याउने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सन्तोष पोखरेलले बताए। ‘यो पोखराको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण अवसर हो’, उनले भने, ‘खेल पर्यटनका माध्यमबाटै अन्तर्राष्ट्रियस्तरमा धेरै देशले फड्को मारी सकेका छन्, न्यानो आतिथ्यता दिएर यस अवसरलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL