Logo

डिश होमको सिनेमा घरमा ‘छ माया छपक्कै’, न्यूनतम शूल्कमा स–परिवार घरैमा बसेर चलचित्र हेर्न मिल्ने

डिश होमको सिनेमा घरमा ‘छ माया छपक्कै’, न्यूनतम शूल्कमा स–परिवार घरैमा बसेर चलचित्र हेर्न मिल्ने



laxmi

काठमाडौँ । चलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । दिपकराज गिरी, केदारप्रसाद घिमिरे९माग्ने बुढा०, जितु नेपाल (मुन्द्रे), केकी अधिकारी लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको उक्त चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुने छ ।

डिश होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुविधा उपलब्ध गराइरहेको छ ।

पे पर भ्यु सुविधा अन्तर्गत संचालन भइरहेको सिनेमा घर च्यानल नम्बर १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केह ीसमय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।

आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कार्तिक २४ गते सिनेमा हलहरुमा प्रदर्शन भएको थियो ।

नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL