Logo

चेम्बरले आयोजना गर्याे विपद व्यवस्थापन सम्बन्धी तालिम, यसरी गर्न सकिन्छ विपद व्यवस्थापन

चेम्बरले आयोजना गर्याे विपद व्यवस्थापन सम्बन्धी तालिम, यसरी गर्न सकिन्छ विपद व्यवस्थापन



काठमाडौं । नेपाल चेम्वर अफ कमर्शले विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ । चेम्बरले बुधबार जापानबाट सिकेर आएको विपद व्यवस्थापन सम्बन्धी जानकारी अन्य सहभागिलाई दिने उद्देश्यले उक्त तालिमको आयोजना गरेको हो ।

तालिम चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जापान स्थित ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मितामुरा मुनेकीले उद्घाटन गरेका हुन ।

जापानको ओसाका स्थित नेपाल चेम्बर अफ कसर्शका वाणिज्यदूत दिनेश श्रेष्ठको पहलमा इभा नेपालका १२ जना व्यवसायीहरुले ओसाका सिटी युनिभर्सिटीमा बिपद व्यवस्थापन सम्बन्धी तालिम लिएका थिए । सोही तालिमको बारेमा अन्य सहभागिहरुलाई जानकारी दिन बुधबारको तालिम आयोजना गरिएको हो ।

उक्त तालिमको उद्घाटनमा चेम्बर अध्यक्ष श्रेष्ठले २०७२ को महाभूकम्प पश्चात नेपालका पार्टी प्यालेसहरुले उद्दार गरी खेलेको उल्लेखनिय भूमिकाबारे चर्चा गरेका छन ।

उनले निजी क्षेत्रले विपद व्यवस्थापनमा सरकारी निकाय, अन्तराष्ट्रिय विकास साझेदारहरुसँग सहकार्य गरिरहेको समेत बताएका हुन । कार्यक्रममा बोल्दै उनले भविष्यमा समेत विपद रोकथाम, उद्धार लगायत सचेतना कार्यक्रम नियमित रुपमा गर्ने जानकारी दिएका छन ।

कार्यक्रममा ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मुनेकीले बिपदको वेला समुदाय र पार्टी प्यालेस वीचमा अरु वढि प्रगाढ सम्वन्ध बिकसित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL