Logo

सरकारको जिम्मा ओलीलाई, पार्टीको जिम्मा प्रचण्डलाई दिने नेकपाको निर्णय

सरकारको जिम्मा ओलीलाई, पार्टीको जिम्मा प्रचण्डलाई दिने नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई र पार्टीको जिम्मा अध्यक्ष पुष्पकमल दाहा ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । नेकपाले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए । नयाँ कार्यविभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । तर, पछिल्लो समय केपी ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL