Logo

व्यवसायीलाई करको बोझ नबोकाउन चेम्बर अध्यक्ष श्रेष्ठको आग्रह, कर शिक्षा दिन सम्झौता

व्यवसायीलाई करको बोझ नबोकाउन चेम्बर अध्यक्ष श्रेष्ठको आग्रह, कर शिक्षा दिन सम्झौता



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई धेरै करको भार दिन नहुने बताएका छन । सोमबार कर दिवसको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारसमक्ष व्यवसायी र उद्योगीबाट सरकारलाई चाहिनेजति मात्रै कर असुल्न आग्रह गरेका हुन ।

laxmi

कार्यक्रममा बोल्दै उनले आर्थिक ऐन २०७६ लागू भएको ४ महिना नवित्दै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने उल्लेख गरेका छन । उनले कर दिवशको माध्यमबाट कानूनको परिपालना, कर चुहावट नियन्त्रण गर्न सजिलो हुने बताएका छन ।

उनले उद्यमी व्यवसायीले कर सम्बन्धी कानून उल्लघंन गरेको पाइएमा उनिहरुलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पर्ने धारणा समेत राखेका छन ।

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले व्यवसायीमा परेको नकारात्मक असरबारे व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन ।

उनले प्रविधी मैत्री कर प्रशासनमा जोड दिनुपर्ने उल्लेख गरेका छन । यस्तै महानिर्देशक कुँवरले कर शिक्षालाई प्राथमिकता दिदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरि कर कार्यालय नपुगि कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने गरी काम अघि बढीरहेको जानकारी दिएका छन ।

यस्तै कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको छ । होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL