Logo

सक्रिय बन्दै प्रहरी, ३६ लाख नगद सहित हुण्डी कारोबारी भारतीय नागरिक पक्राउ

सक्रिय बन्दै प्रहरी, ३६ लाख नगद सहित हुण्डी कारोबारी भारतीय नागरिक पक्राउ



काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । नेपाल प्रहरीले आईतबार बिहान कुलेश्वरबाट ५७ बर्षिय भारतीय नागरिक सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो ।

laxmi

महानगरिय प्रहरी बृत्त कालिमाटीले उनी हुण्डी कारोबार गर्ने गरेको सुचना पाएपछि खोज्दै जाँदा कुलेश्वरस्थित उनकै कोठाबाट उनलाई पक्राउ गरेको हो । उनी भारतको बेतिया, जोगपट्टी थानाका स्थानीय हुन ।

उनको साथमा ३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार रुपैयाँ भारु, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL