Logo

आईतबार देखि आठौँ कर दिवस सप्ताहव्यापी रुपमा मनाईँदै, धेरै कर तिर्ने १५ व्यवसायीलाई सम्मान गरिने

आईतबार देखि आठौँ कर दिवस सप्ताहव्यापी रुपमा मनाईँदै, धेरै कर तिर्ने १५ व्यवसायीलाई सम्मान गरिने



काठमाडौं । आईतबारदेखि आन्तरिक राजस्व विभागले आठौं कर दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । विभागले २०६९ यता मनाउँदै आएको सप्ताहव्यापी दिवस यस बर्ष पनि मनाउन लागेको हो ।

करदातालाई प्रोत्साहन, करको बारेमा जनचेतना अभिवृद्धि लगायतलाई लक्ष्य बनाएर कर दिवस मनाउन लागिएको विभागका महानिर्देशक विनोद बहादुर कुँवरले जानकारी दिए ।

उनले कर दिवसलाई भव्य बनाउन विभिन्न ६ ओटा उपसमिति गठन गरिएको बताएका छन । उनका अनुसार पहिलो दिन आईतबार प्रज्ञा भवन कमलादीमा अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्नेछन ।

विभागले यसपालीको कर दिवशमा करको परिपालना सहित सबैभन्दा बढी कर तिर्ने १५ जना व्यवसायीलाई सम्मान गर्ने भएको छ । यस्तै विभिन्न कर कार्यालयमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने अन्य १० जना कर्मचारीलाई पनि पुरस्कृत गरिने विभागले जानकारी दिएको छ ।

सप्ताहव्यापी कार्यक्रममा मंसिर २ गतेदेखि ६ गतेसम्म विभिन्न व्यवसायिक संगठनहरुले कर सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्नेछन । साथै कार्यक्रमको अन्तिम दिन मंसिर ७ गते नेपाल पुलिस क्लबमा कार्यक्रमको समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL