Logo

एफएनसीसीआईको शुक्रबार हुने भनिएको साधारणसभा स्थगित, यस्ता छन कार्यकारीणी समिति बैठकका ३ निर्णय

एफएनसीसीआईको शुक्रबार हुने भनिएको साधारणसभा स्थगित, यस्ता छन कार्यकारीणी समिति बैठकका ३ निर्णय



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को शुक्रबार हुने भनिएको साधारण सभा नहुने भएको छ । विहीबार बसेको महासंघको १४ औं कार्यकारीणी समिति बैठकले स्थायी समितिले साधारण सभा रोक्का गर्ने गरेको निर्णय अनुमोदनसहित पारित गरेको हो ।

laxmi

महासंघको बैठकले सरकारले अघि बढाएको सामाजिक सुरक्षा योजनालाई साथ दिनेगरी विभिन्न संघहरुसँग यथाशिघ्र छलफल गर्ने जानकारी दिएको छ । महासंघले सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्थाहरू जिल्लानगर उवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने जानकारी दिएको हो ।

यस्तै महासंघको बैठकले उद्योगी/व्यवसायीहरू माथि विभिन्न समयमा राज्यका तर्फबाट हुंदै आएका व्यहार/रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न सक्ने उल्लेख गरेको छ ।

यस्तै बैठकले मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरेको छ ।

यस्तै महासंघको बैठकले महासंघको महानिर्देशकमा नेपाल सरकारका पूर्व सचिव धरणीधर खतिवडालाई नियुक्ति गर्ने निर्णय अनुमोदन सहित पारित गरेको ।

प्रतिक्रिया दिनुहोस्
MBL