Logo

निजामती कर्मचारीको सेवा अवधि २ बर्ष थप गर्ने राज्यव्यवस्थाको निर्णय, राष्टपतिको प्रमाणिकरण पछि लागू हुने

निजामती कर्मचारीको सेवा अवधि २ बर्ष थप गर्ने राज्यव्यवस्थाको निर्णय, राष्टपतिको प्रमाणिकरण पछि लागू हुने



काठमाडौं । सांसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको छ । उक्त निर्णयसँगै निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ ।

laxmi

समितिको निर्णयअनुसार हरेक बर्ष ६/६ महिनामा थपिने र २०२१ पछि मात्रै पूर्ण रुपमा लागू हुनेगरी कानुनी ब्यवस्था गर्ने समितिले जनाएको छ । हाल सम्म निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद ५८ वर्ष मात्रै रहेको छ ।

नेपालीको औसत आयु बढेकाले, छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने, महिलाहरुको सेवा अवधि नपुग्ने तथा सार्क देशमा समान बनाउनलगायतका कारणले २ बर्ष अवधि थपिने भएको हो ।

यद्यपि साविकको जस्तै संघीय निजामती सेवा विधेयकमा निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएको थियो । तर, त्यसलाई राज्य व्यवस्था समितिको बैठक सच्याउँदै ६० वर्ष राख्ने निर्णय गरेको छ । अब यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL