Logo

कोका–कोला क्यापका बिजेता अम्बर बहादुर गुरुङले पाए टाटा टियागो कार

कोका–कोला क्यापका बिजेता अम्बर बहादुर गुरुङले पाए टाटा टियागो कार



काठमाडौं । कोका–कोला ब्राण्डले आयोजना गरेको ‘कोकाकोला क्यम्पमा कार’ को बिजेता हेटौंडाका अम्बर बहादुर गुरुङ बनेका छन ।

बिजेता गुरुङलाई बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा टियागो गाडी हस्तान्तरण गरेको छ । टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा बुधबार गाडीको साचो गुरुङलाई हस्तान्तरण गरेका हुन ।

क्याम्पेनमा प्रत्येक घण्टा लक्की ड्र उपहार अन्तरगत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएको कोकाकोलाले जनाएको छ ।

बम्पर लक्की ड्र का विजेता गुरुङले भने, ‘म लाखौं सहभागी मध्य टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएमकोमा म कोका–कोला नेपाल प्रति आभार प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL