Logo

मिर्गौला काण्डमा निदान अस्पतालका सीईओ प्रधान जेल चलान, ४ जना अझै फरार

मिर्गौला काण्डमा निदान अस्पतालका सीईओ प्रधान जेल चलान, ४ जना अझै फरार



काठमाडौं । निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसहित ५ जनालाई थुनामा पठाएको छ ।

उनीहरुलाई अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा जिल्ला अदालत ललितपुरले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि उनीहरुलाई नख्खु कारागार चलान गरिएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) ले १ महिना लामो अनुसन्धानपछि पक्राउ गरी २९ असोजमा प्रधानसहित लिगल अफिसर कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला प्रत्यारोपण गरिएका रामेछापका शंकारलाल लामालाई सार्वजनिक गरेको थियो ।

मिर्गौला प्रत्यारोपणमा संलग्न ४ जना भने अझै फरार छन । शंकरका छोरा शिशिरसँगै सञ्जिव घिसिङ र उनकी फुपुलाई पनि फरार प्रतिवादी कायम गरिएको थियो ।

उनीहरुमाथी घिसिङको कागजपत्र देखाएर ३ लाख रुपैयाँ प्रलोभनमा अर्कै व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको अभियोग छ । पक्राउ परेका लामाबाहेकका ४ जना प्रत्यारोपणका लागि सिफारिस समितिमा आबद्ध अधिकारीहरु हुन् ।

घटनाका मुख्य विचौलिया हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरु सबैमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम १० वर्ष कैद र २ लाख रुपैयाँदेखि ५ लाख रुपयाँसम्म जरिवाना माग दाबीसहित अभियोग दर्ता छ ।

प्रतिक्रिया दिनुहोस्
MBL