Logo

सरकारको कर वृद्धिमा चेम्बरको विरोध, अनाधिकृत सुन आयात बढ्ने भन्दै सच्याउन माग

सरकारको कर वृद्धिमा चेम्बरको विरोध, अनाधिकृत सुन आयात बढ्ने भन्दै सच्याउन माग



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले करका दर वृद्धिमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कात्तिक २५ गते नेपाल राजपत्रको सूचना अनुसार आर्थिक ऐन २०७६ को प्रावधानमा गरिएको संशोधनप्रति नेपाल चेम्वर अफ कमर्शले ध्यानाकर्षण भएको जनाएको हो ।

laxmi

चेम्बरले आर्थिक ऐन २०७६ लागु भएको ४ महिना नवित्दै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने जानकारी दिएको छ । उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पछि एक वर्षको लागि आफ्नो व्यवसायीक योजना बनाई व्यवसाय संचालन गर्ने र सोही अनुरुप अग्रीम रुपमा कारोवार गरि रहेको चेम्बरले जनाएको छ ।

चेम्बरले कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट भने सकारात्मक भएको जनाएको छ । तर व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुन तथा चाँदीमा प्रति १० ग्राममा लाग्ने महशुल दर वृद्धिले अनधिकृत व्यापार वृद्धि हुने चेम्बरको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
MBL