Logo

चेक क्लियरिङ तीन चरणमा, पहिलो एक्स्प्रेस ११ः४० मै नियमित पनि ३ः१० भित्रै सेटलमेन्ट

चेक क्लियरिङ तीन चरणमा, पहिलो एक्स्प्रेस ११ः४० मै नियमित पनि ३ः१० भित्रै सेटलमेन्ट



काठमाडौं । नेपाल राष्ट्र बैकले तीन चरणमा चेक क्लियरिङ गर्न सम्बद्ध भुक्तानी सेवाप्रदायकलाई निर्देशन दिएको छ । नेपाल क्लियरिङ हाउसले इलोक्ट्रोनिक चेक क्लियरिङ रुल बुक तथा अप्रेटिङ रुल अनुसार अबका दिनमा ३ चरणमा चेक क्लियरिङ हुने भएको हो ।

laxmi

जस अनुसार अबका दिनमा पहिलो एक्प्रेस क्लियरिङ ११ः४० बजे नै हुनेछ । जसका लागि साढे ११ बजे चेक नेट क्लियरिङ पोजिसनमा हुनुपर्नेछ । यसैगरी दोस्रो एक्स्प्रेस क्लियरिङ १२ः४० बजे हुने छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार अबका दिनमा नियमित क्लियरिङ पनि ३ः१० बजे भित्रै सेटलमेन्ट हुनेछ । जसका लागि बैक तथा वित्तीय संस्थाले ग्राहकहरुलाई एमआईसिआर चेक जारी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL