Logo

रुप ज्याेतिको पक्राउप्रति नाडाको ध्यानाकर्षण, न्यायका लागि मार्ग खोलिदिन सरकारसँग आग्रह

रुप ज्याेतिको पक्राउप्रति नाडाको ध्यानाकर्षण, न्यायका लागि मार्ग खोलिदिन सरकारसँग आग्रह



काठमाडौं । उद्योगपति रुप ज्याेति तथा उनकी छोरी सुरुचीको पक्राउबारे नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।

नाडाले एक बिज्ञप्ती जारी गर्दै देशको ब्यापार व्यवसाय र उद्योग धन्दाको स्थापना र प्रवर्द्धनमा विशेष योगदान पुर्याउने तथा नाडाका पूर्व अध्यक्ष रुप ज्याेतिलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरीएको गिरफ्तारीप्रति एशोसिएशनको ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसिएसनले उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोवारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व अन्तरगत सम्बन्धित निकायबाट गर्नु पर्ने बताएका छन ।

विवादको समाधान गर्ने बैकल्पीक मार्ग हुँदा हुँदै पनि गंभिर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको एशोसिएसनको ठहर छ ।

जाहेरीमा उल्लिखित व्यहोरा बमोजिम दुई पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई अदालतमा धरौटी रकम समेत राखि सकिएको अवस्थामा निजहरुलाई थुनेर अनुसन्धान गर्नु पर्ने अवस्था देखिदैन बिज्ञप्तीमा भनिएको छ ।

छिटो टुंगोमा पुग्न सकिने लेनदेनको विषयबस्तुमा समेत थुनछेक लम्ब्याउने मनसाय देखिदा अहिले समग्र व्यावसायिक क्षेत्र सशंकित भएको अवस्था रहेको छ । एशोसिएसनले तत्कालिन अवस्थामा जे जस्तो अनुसन्धान गर्नुपर्ने हो छिटो सम्पन्नगरी सम्मानित अदालतमा पेस गरी न्यायका लागि मार्ग प्रशस्त गरि दिने व्यवस्थाका लागि गृह प्रशासन समक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL