Logo

रुपज्योति पक्राउबारे एफएनसीसीआईको ध्यानाकर्षण, निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य नहोस

रुपज्योति पक्राउबारे एफएनसीसीआईको ध्यानाकर्षण, निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य नहोस



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी रुप ज्योति पक्राउप्रति ध्यानाकर्षण व्यक्त गरेको छ । महासंघले एक सुचना जारी गर्दै स्वदेश फर्कने क्रममा पक्राउ गरी हिरासतमा लिएपछिको अवस्थाप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएको हो ।

महासंघले विना सोचविचार हतारहतार गरिएको रुप ज्योतिको पक्राउपछि निजी क्षेत्र प्रोत्साहित नहुने अवस्था रहेको जानकारी दिएको छ । महासंघले मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुको साथै हजारौलाई रोजगारी दिएको र मुलुकलाई प्रत्येक वर्ष ठूलोमात्रामा राजस्व समेत बुझाउंदै आएका उद्योगीलाई विनाकारण थुनिएको आरोप लगाएको छ ।

उद्योगीरव्यवसायीहरू माथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने महासंघको भनाई छ ।

सम्भावनातर्फ ध्यानाकर्षण गराउंदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL