Logo

एकैदिन ११ सय रुपैयाँले बढ्यो सुन, प्रतितोला ७१ हजारमा कारोबार

एकैदिन ११ सय रुपैयाँले बढ्यो सुन, प्रतितोला ७१ हजारमा कारोबार



काठमाडौं । सुनको मूल्य एकैदिन १ हजार १ सय रुपैयाँले उकालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको सुनको मूल्य आईतबार एकैदिन प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्दै ७१ हजार रुपैयाँ पुगेको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६९ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आईतबार १ हजार १ सय रुपैयाँले उकालो लागेको हो ।

पछिल्लो समय तीज र तिहारमा उच्च वृद्धि भएको सुनको विवाहको सिजन सुरु हुँनै लाग्दा मूल्य फेरी वृद्धि हुन थालेको छ । आईतबार चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँको वृद्धि आएको छ ।

शुक्रबार ८ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदीको मूल्यमा ५ रुपैयाँको वृद्धि आउँदा मूल्य प्रतितोला ८ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL