Logo

सचिवालयका सल्लाहकार र सहयोगीलाई राजीनामा दिन प्रम ओलीको निर्देशन, को आउला नयाँ ?

सचिवालयका सल्लाहकार र सहयोगीलाई राजीनामा दिन प्रम ओलीको निर्देशन, को आउला नयाँ ?



काठमाडौं । आफ्ना सचिवालयका सल्लाहकार तथा सहयोगीहरुलाई राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार निर्देशन दिएका छन ।

उनले शुक्रबार सचिवालयमा कार्यरत सम्पूर्ण सल्लाहकार तथा सहयोगीहरुलाई बोलाई राजीनामा दिन निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार राजेश बज्रचार्य बाहेक अन्य सबैलाई राजीनामा दिन प्रम ओलीले निर्देशन दिएका हुन । सचिवालयका अनुसार बज्रचार्य अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने भएका हुन ।

तर प्रधानमन्त्रीको उक्त कार्यप्रति नेकपा भित्रैका नेता तथा कार्यकर्ताले भने चर्को आलोचना गरिरहेको सचिवालय श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL