Logo

रुप ज्योतिको पक्राउ प्रति निजीक्षेत्रको ध्यानाकर्षण, चेम्बरले भन्यो निजीक्षेत्रलाई सरकारले हतोत्साहित बनायो

रुप ज्योतिको पक्राउ प्रति निजीक्षेत्रको ध्यानाकर्षण, चेम्बरले भन्यो निजीक्षेत्रलाई सरकारले हतोत्साहित बनायो



काठमाडौं । उद्योगपति तथा व्यवसायी रुप ज्योतीको गिरफ्तारी प्रति नेपाल चेम्बर अफकमर्सले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

laxmi

लामो समय देखि नेपालको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका उद्योगपति तथा व्यवसायी रुप ज्योतीको गिरफ्तारीप्रति चेम्बरले बिज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जानकारी दिएको हो ।

अपराधनै प्रमाणित नभई केवल उजुरीको भरमा आफ्नो भ्रमण पूरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै विमास्थलबाट रुप ज्योती र उनकी छोरी सुरुचीसहित पक्राउ पर्नुले निजी क्षेत्र मर्माहित भएको छ बिज्ञप्तीमा भनिएको छ ।

देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेख्य राजश्व योगदान गरी रहेका उद्यमी÷व्यवसायीलाई अमर्यादितव्यवहार गरिदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानी मैत्रीवातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जाने चेम्बरको ठम्याई रहेको छ ।

साथै चेम्बरले कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी÷व्यवसायीलाई सम्मानजनक व्यवहार गर्न समेत सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL