Logo

झोलुङ्गे पुल बनाउन स्वीस सरकारद्वारा २ अर्ब १० करोड अनुदान

झोलुङ्गे पुल बनाउन स्वीस सरकारद्वारा २ अर्ब १० करोड अनुदान



काठमाडौं । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब १० करोड रुपैयाँ अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव राजन खनालले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन ।

नेपालका दुर्गभ भेगका ८ हजारभन्दा बढी स्थानमा निर्मित झोलुङ्गे पुलबाट औसतमा दैनिक १४ लाख मानिसको आवागमन सहज भएको छ भने विद्यालयमा उपस्थित हुने बालबालिकाको सङ्ख्यामा १६ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी उपचारका लागि स्वास्थ्य केन्द्रमा पुग्नेको सङ्ख्या २६ प्रतिशतले बढेको छ । ती पुलका कारण १ करोड ८० लाख सर्वसाधारणलाई सुरक्षित रुपमा नदीनाला वारपार गर्न सजिलो भएको छ । आफ्ना नागरिकलाई आधारभूत सेवासम्मको पहुँच सुनिश्चित गर्न नेपाललाई अझै पनि दुई हजार चारसय झोलुङ्गे पुल आवश्यक पर्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL