Logo

काठमाडैंमा सुरक्षित भवन बनाउने मार्गदर्शन सार्वजनिक, यी विषय समेटिए मार्गदर्शनमा

काठमाडैंमा सुरक्षित भवन बनाउने मार्गदर्शन सार्वजनिक, यी विषय समेटिए मार्गदर्शनमा



काठमाडौं । काठमाडौंमा घर बनाउँदा घरधनीले जान्नै पर्ने न्युनतम प्राविधिक बिषय सम्बन्धी मार्गदर्शन सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमबीच ‘सुरक्षित भवन निर्माणमा घरधनीकालागि उपयोगी मार्गदर्शन’ नामको उक्त मार्गदर्शन सार्वजनिक गरिएको हो ।

उक्त मार्गदर्शन काठमाडौं महानगरपालिका, जापानको सिटिनेट योकोहामा र सिटि अफ योकोहामाको संयुक्त प्रयासमा तयार पारिएको हो । उक्त मार्गनिर्देशन महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्य र जापानका केही प्रतिनिधिले सार्वजनिक गरेका हुन ।

उक्त मार्गनिर्देश तयार पार्नु अघि भवन निर्माणसँग सम्बन्धित इञ्जिनियरहरुका ‘स्क्ट्रक्चर एण्ड सेस्मिक इन्जिनियरिङ्’ सम्बन्धि ८ वटा तालिम सञ्चालन गरिएका थिए । तीमध्ये ५ वटा नेपालमा र ३ वटा जापानमा चलाइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । ।

मार्गनिर्देश सार्वजनिक गर्दै महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले सुरक्षित बस्ती बिकासका लागि थालिएको पहिलो प्रयासलाई क्रमशः सुधार गरेर अघि बढ्ने बताएका छन । उनले आन्तरिक अनुभव र बाह्य सिकाइबाट सहरका घरहरु बलियो बनाउने आफ्नो प्रयास रहेको बताए ।

सटिनेट याकोहामा र याकोहामा सिटीजस्ता सहयोगी साझेदारसँगको सहकार्यलाई थप मजवुत बनाएर नागरिकको जीवन सुरक्षालाई परिपक्व बनाउँदै लिने उनले दावी गरेका छन ।

मंगलबार सार्वजनिक गरिएको मार्गदर्शन नेपालमा र जापानमा आयोजना गरिएको तालिमको उपज हो । उक्त तालिममा उठेका कुराहरुलाई नै आधार बनाएर उक्त मार्गदर्शन तयार भएको कामपाले जानकारी दिएको छ । उक्त मार्गनिर्देशमा काठमाडौं उपत्यकामा घर बनाउँदा कस्ता निर्माण सामग्री प्रयोग गर्ने, कस्तो स्थानमा घर बनाउने लगायतका बुँदाहरु समेटिएका छन

प्रतिक्रिया दिनुहोस्
MBL