Logo

चेम्बरको १२ सदस्यिय टोली जापान प्रस्थान, भुकम्प सम्बन्धी सम्मेलनमा सहभागि हुने

चेम्बरको १२ सदस्यिय टोली जापान प्रस्थान, भुकम्प सम्बन्धी सम्मेलनमा सहभागि हुने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको एक टोली जापान प्रश्थान गरेको छ । जापानको ओसाकामा नोभेम्बर ६ देखि १२ सम्म हुने विपद व्यवस्थापन सम्बन्धी हुने सम्मेलनमा सहभागि हुन उक्त टोली जापान प्रस्थान गरेको हो ।

भुकम्प सम्बन्धी ज्ञान हसिल गर्ने उद्देश्यले ओसाका युनिभर्सिटि जापानले आयोजना गरेको सम्मेलनमा चेम्बरको सहकार्यमा इभेन्टस् एण्ड भेन्यू एशोसियसन अफ नेपाल (ईभा)का पूर्व अध्यक्ष श्रीमान सिंहको नेतृत्वमा १२ सदस्यिय प्रतिनिधी मण्डल ओसाकामा प्रस्थान गरेको हो ।

नेपाल चेम्बर अफ कमर्स, ईभा र नेपाल इमरजेन्सी डिजाष्टर प्रिभेन्सर एजुकेशन एड जापान (नेपा)बीच २३ मार्च २०१८ मा आपतकालिन प्रकोप रोकथाम व्यवस्थापनको लागि मैत्रि सहयोग स्थापना गर्ने विषयमा त्रिपक्षिय सम्झौता भएको थियो ।

नेपालमा गएको भुकम्पका बेला ईभाले भुकम्प पछिको समयमा उल्लेखनिय कार्य गरेकोले आगामी दिनमा अग्रिम सुरक्षात्मक तथा भुकम्प पश्चात प्रतिरोधात्मक उपलब्ध गर्ने प्रविधिको ज्ञानको लागि जापानले एक हप्ते तालिम दिन लागेको हो ।

नेपाल चेम्बर अफ कमर्सका जापानस्थित व्यापारिक प्रतिनिधि दिनेश श्रेष्ठको पहलमा तय भएको तालिममा संघका अध्यक्ष अनिल शर्मा सहित सुरेश लाल श्रेष्ठ, शिवभक्त रंजित, तेविन्द्र रत्न शाक्य, भक्तराज श्रेष्ठ, उत्तम प्रकाश शर्मा, राजेश श्रेष्ठ, सर्वज्ञ मुनी तुलाधर, कृष्ण प्रसाद पाण्डे, द्धारिका प्याकुरेल र नानी बाबु थापा जापानका लागि प्रस्थान भएका हुन ।

ओसाकामा हुने तालिमले अगामी दिनमा नेपालमा हुनसक्ने भुकम्प अघि सचेत र आइसकेपछि हुने समस्या न्युनिकरणका लागि नेपाल र जापानबिच समन्वय र सहकार्य गर्ने मौका मिल्ने भएकाले चेम्बर अफ कमर्सको सहकार्यबाट उद्यमी व्यवसायीहरुको सहभागिता भएको छ ।

चेम्बर भवन जमलमा आज जापान जाने समूहलाई विदाई गर्दै चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले भुकम्प प्रतिरोधात्मक तालिमका लागि जापान पठाउन चेम्बरले भूमिका निर्वाह गर्न पाएकोमा आफू खुसि रहेको बताएका छन । आगामी दिनमा यसै गरि अन्य व्यवसायी एंव उद्योगीहरुलाई विभिन्न शीपको लागि विभिन्न मुलुक सँग सहकार्य गर्ने कार्य भइरहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL