Logo

नेपाली सेनाको नयाँ जहाज आज आईपुग्दै, कार्गो र उद्दारमा प्रयोग

नेपाली सेनाको नयाँ जहाज आज आईपुग्दै, कार्गो र उद्दारमा प्रयोग



काठमाडौं । नेपाली सेनाले ल्याउन लागेको सीएन २३५–२२० विमान शनिबार आईपुग्ने भएको छ । उक्त जहाज इन्डोनेसिया बाट काठमाडौंको लागि उडान गरिसकेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन ।

पाण्डेका अनुसार उक्त जहाज बिशेष गरि कार्गो ढुवानी, विपतमा उद्धार, सैनिक गतिविधि सञ्चालन गर्न समेत प्रयोग हुने छ । इन्डोनेसियामा निर्मित सो जहाजको मूल्य भने ३० दशमलब ५ मिलियन अमेरिकि डलर रहेको प्रवक्ता पाण्डेले जानकारी दिएका छन ।

सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले २ वर्षअघि खरिद सम्झौता गरेको सो जहाज शनिबार काठमाडौं आईपुग्न लागेको हो । त्यस्तै नेपाली सेनासँग हाल १९ ओटा जहाज रहेको छ । जस मध्य १२ ओटा जहाज संचालनमा रहेका छन भने ५ ओटा जहाजको मर्मत कार्य भईरहेको पाण्डेले जानकारी दिएका छन । त्यस्तै २ ओटा जहाज भने लिलामीको प्रकृयामा रहेको छ ।

थप जहाजसँगै नेपाली सेनासँग जहाज संख्या २० ओटा पुग्ने छ भने अमेरिकी सरकारले २ ओटा जहाज अनुदानमा दिने भएको छ । प्रवक्ता पाण्डेका अनुसार अमेरिकी सरकारले दिन लागेको सो जहाज २०२० को डिसेम्बरमा एउटा जहाज आउने छ भने अर्को जहाज २०२१ मा आउने छ ।

उक्त थप जहाजसँगै नेपाली सेनासँग जहाज संख्या २२ ओटा पुग्ने प्रवक्ता पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL