Logo

बिहीबार सुनको मूल्य ५ सयले घट्यो, प्रतितोला ७० हजार ५ सयमा कारोबार

बिहीबार सुनको मूल्य ५ सयले घट्यो, प्रतितोला ७० हजार ५ सयमा कारोबार



काठमाडौं । बिहीबार सुनको मुल्य ५ सय रुपैयाँले घटेको छ । तिहारअघि बढेको सुनको मूल्य बिहीबार ५ सय रुपैयाले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ५ सय तथा तेजावी सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी हासंघले जानकारी दिएको छ ।

तिहारको बेलामा छापावाल सुन प्रतितोला ७१ हजार तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL