Logo

अर्काे निर्णय नहुँदासम्मका लागि ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान

अर्काे निर्णय नहुँदासम्मका लागि ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान



काठमाडौं । ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार मल्ललाई कप्तान बनाउने निर्णय गरेको हो । मल्ल क्यानले अर्को निर्णय नगर्दासम्मका लागि कप्तान बनेका हुन ।

laxmi

२९ वर्षीय मल्ल अण्डर–१५ देखि सिनियर टिममा आएका शीर्षक्रमका ब्याट्सम्यान हुन्। उनले तत्कालीन कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टिमको नेतृत्व गरेका छन्।

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले नयाँ कप्तानको खोजी गरेको थियो। कप्तानको दौडमा अरु खेलाडी पनि थिए। तर, अन्तिम मल्लले कप्तानका रुपमा जिम्मेवारी पाएका हुन्।

मल्लले हालसम्म ६ अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा एक अर्धशतक सहित १४३ रन बनाएका छन्। उनको ओडीआई उच्च स्कोर ५१ हो। यस्तै उनले २१ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ३३४ रन बनाएका छन्। जसमा एक अर्धशतक ५१ उच्च स्कोर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL