Logo

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला ७१ हजारमा कारोबार

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला ७१ हजारमा कारोबार



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । पछिल्ला केहिदिन यता घटिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य बढेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै शुक्रबाट चाँदीको मूल्य पनि १० रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबार बढेर प्रतितोला ८ सय ६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL