Logo

खाद्य प्रविधिमा नेपाल–बंगलादेशबीच सहमति, अड्कियो पारबहन कनेक्टिभिटी विस्तार

खाद्य प्रविधिमा नेपाल–बंगलादेशबीच सहमति, अड्कियो पारबहन कनेक्टिभिटी विस्तार



काठमाडौं । नेपाल र बंगलादेश खाद्य प्रविधि तथा वनस्पती क्यारेन्टाइनको क्षेत्रमा आपसी सहकार्य गर्न तयार भएका छन् । नेपाल र बंगलादेशको सहसचिवस्तरीय चौथो प्राविधिक समितिको बुधबार सम्पन्न बैठकमा यस्तो सहमति भएको हो ।

विशेषगरी नेपालका खाद्य प्रविधि, कृषि तथा वनस्पती क्वारेन्टाईन, साल्ट ट्रेडिङ्ग र खाद्य व्यापार कम्पनी तथा बंगलादेशका सोहीस्तरका कम्पनीबीच सहकार्यका लागि सहमति पत्रमा हस्ताक्षर भएको नेपाली वार्ता टोलीका संयोजक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार दुई देशबीच स्थल, जल र हवाई मार्ग मार्फत पारवहन कनेक्टीभिटी बिस्तार गर्न छलफल भए पनि सो सम्बन्धमा कुनै सहमति हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL