Logo

१ हप्तामा ५ सयले घट्यो सुनको मूल्य, प्रतितोला ७० हजार २ सयमा कारोबार

१ हप्तामा ५ सयले घट्यो सुनको मूल्य, प्रतितोला ७० हजार २ सयमा कारोबार



काठमाडौं । पछिल्लो १ हप्तामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको मंगलबार ७० हजार ७ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य त्यसयता ५ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै सोमबार भने सुनको मूल्य ७० हजार ४ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

तिजको वरीपरि मूल्य बढेर ७३ हजार ५ सय रुपैयाँ प्रतितोलासम्म पुगेको सुनको मूल्य त्यसयता घट्दो अवस्थामा छ । यस्तै मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । पछिल्लो समय चाँदीको मूल्यमा तलमाथी नभएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL