Logo

नेपालमा लगानीको वातावरण बनेको छ, सक्दो लगानी भित्र्याउनुहोस : चन्द्र ढकाल

नेपालमा लगानीको वातावरण बनेको छ, सक्दो लगानी भित्र्याउनुहोस : चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीलाई आग्रह गरेका छन । गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनमा बोल्दै मंगलबार उनले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन आग्रह गरेका हुन ।

laxmi

‘सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको छ,’ उनले भने, ‘तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको छ भन्दा पनि हुन्छ ।’
उनले आफुलाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगत रुपमा भेटेर या फोन नै गरेर पनि आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आउन आग्रह गरेको समेत जानकारी दिएका छन ।

उनले नेपालमा गैर आवासीय नेपालीहरुसँग मिलेर २७ मेघावाटको दोर्दीखोला जलविद्युत र काठमाडौँमा रहेको चन्द्रागिरि केबलकार गरी दुइओटा प्रोजेक्ट गरेको र जुन नेपाली उद्यमशिलताको क्षेत्रमा राम्रा उदाहरणका रुपमा स्थापित भएको बताए ।

उक्त सफलताले नेपालमा गैर आवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिने उनको भनाई छ । उनले गैर आवासीय नेपालीहरुलाई संयुक्त या व्यक्तिगत रुपमै लगानी गर्न आह्वान समेत गरेका छन ।

नले संसारमा रहेका गैर आवासीय नेपालीहरुलाई नेपालका सम्भावना भएका क्षेत्रहरु जस्तै जलविद्युत, पर्यटन, कृषि लगायतमा लगानी गर्न पनि सुझाव दिएका छन ।
आफूले संसारमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालमा लगाउन सकिएमा यसले राम्रै प्रतिफल दिने धारणा उनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL