Logo

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, मंगलबार प्रतितोला ६९ हजारमा कारोबार

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, मंगलबार प्रतितोला ६९ हजारमा कारोबार



काठमाडौं । दशैंको पूर्वसन्ध्यामा सुनको मूल्य ओरालो लागेको छ । मंगलबार छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले घटेर ६९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन ६९ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

मंगलबार चाँदीको बजार मूल्य प्रतितोला ८ सय २५ रुपैयाँमा बिक्री भईरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL