Logo

दशैंका लागि जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्य तोकियो, सोमबारदेखि बिक्री सुरु

दशैंका लागि जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्य तोकियो, सोमबारदेखि बिक्री सुरु



काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसीबोका तथा च्याँङग्राको विक्री सुरु गरेको छ । सोमबार बसेको खाद्य संस्थानको बैठकले खसिबोका र च्याङ्ग्राको मूल्य तोकेसँगै यसको बिक्री सुरु भएको हो ।

नेपाल खाद्य संस्थानले हालसम्म विभिन्न स्थानबाट खसीबोका तथा च्याङ्ग्रा ल्याएपनि मूल्य नतोकिँदा बिक्री गर्न सकेको थिएन । तर सोमबारको बैठकले जिउँदो खसीको प्रतिकिलो ५ सय ५० र च्याङ्ग्राको ७ सय ३० रुपैयाँ तोकेपछि बिक्री सुरु गरेको छ ।

यस्तै खाद्य संस्थानले जिउँदो खसी र च्याङ्ग्राको मूल्यमा व्यवसायीको भन्दा १० रुपैयाँ छुट दिएको जानकारी दिएको छ । गत बर्ष खाद्य संस्थानले जिउँदो खसीको मूल्य ५ सय र च्याङ्ग्राको मूल्य ७ सय रुपैयाँ तोकेको थियो । खाद्य संस्थानले एक घरका लागि एक खसी मात्रै दिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL