Logo

विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना, यी हुन शुभकामना दिने राष्ट्राध्यक्षहरु

विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना, यी हुन शुभकामना दिने राष्ट्राध्यक्षहरु



काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले शुभकामना व्यक्त गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको समेत विभिन्न देशका राष्ट्राध्यक्षहरुले कामना गरेका हुन ।

संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्मारका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL