Logo

महासंघको नयाँ महानिर्देशकमा धरणीधर नियुक्त, तिवारीलाई सह महानिर्देशकको जिम्मेवारी

महासंघको नयाँ महानिर्देशकमा धरणीधर नियुक्त, तिवारीलाई सह महानिर्देशकको जिम्मेवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडा नियुक्त भएका छन । बुधबार महानिर्देशकमा नियुक्त भएसँगै उनले पदबहाली समेत गरेका छन ।
नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरेका उनी पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका थिए । महानिर्देशक खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी महासंघ सचिवालयलाई नेतृत्व दिएका थिए ।

laxmi

पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्दै उनले महासंघको छविलाई राष्ट्रिय/अन्तराष्ट्रिय रूपमा उच्च पार्न सचिवालयका कर्मचारीलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन । महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ/संस्थाहरूको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरूलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्नेमा जोड दिएका छन ।

यसैगरी महासंघको निमित्त महानिर्देशकको भुमिकामा रहेका गोपाल तिवारीलाई सह महानिर्देशकको जिम्मेवारी दिएको महासंघका अध्यक्ष भवानी राणाले बताइन । तिवारीले अबका दिनमा अन्तरराष्ट्रिय सम्बन्धका बारेमा हेर्ने समेत उनले जानकारी दिएकी छन ।

पदवहाली कार्यक्रममा महासंघका उपमहानिर्देशक, निर्देशक, उपनिर्देशक, सहायक निर्देशक, महासंघ अन्तरगत संचालित परियोजनाका प्रमुखहरू लगायतका महासंघका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL