Logo

सरकारलाई चेम्बरको चेतावनी, अब उद्योगी व्यापारी पनि आन्दोलनमा जान नपरोस

सरकारलाई चेम्बरको चेतावनी, अब उद्योगी व्यापारी पनि आन्दोलनमा जान नपरोस



काठमाडौं । काठमाडौं चेम्बर तथा नेपाल चेम्बर ३ नम्बर प्रदेशका अध्यक्ष कृष्णमान श्रेष्ठले उद्योग व्यवसायीका समस्या तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौं चेम्बर अफ कमर्सले गरेको एक महिने रक्तदान कार्यक्रकको समापन समारोहमा बोल्दै उनले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल समक्ष यस्तो आग्रह गरेका हुन् ।

laxmi

‘केही समय अघि डाक्टरहरुले आन्दोलन गरे उनीहरुको समस्या सम्बोधन भयो भने आन्दोलनमा गएका अन्य क्षेत्रका पनि सरकारले समस्या सम्बोधन गर्दै आएको छ,’ उनले भने, ‘उद्योगी व्यापारी सहनशील भएर हो कि सरकारले झनझन चेप्दै ल्याएको छ यदि सरकारले अबका दिनमा हाम्रो माग सुनुवाई गरेर समयसापेक्ष कानुन संसोधन गरेन भने हामी पनि आन्दोलनमा जान बाध्य हुनेछौं ।’ उद्योगी व्यवसायीले आफ्नो जायजेथा धितोमा राखेर व्यवसाय गरेको जानकारी दिँदै आगामी दिनमा व्यवसायी मैत्री वातावरण बनाउन समेत श्रेष्ठको आग्रह थियो ।

तर कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले भने सरकारले व्यवसायीलाई समस्यामा पार्ने गरी कुनैपनि काम नगरेको र आगामी दिनमा पनि नगर्ने स्पष्ट पारे । ‘अहिले मुलुक नयाँ व्यवस्थामा गएको र सोही अनुरुप संरचनाहरुमा परिमार्जन हुँदा केही समस्या परेको हुनसक्छ,’ उनले भने, ‘व्यवसायी साथीहरु तपाईहरुको समस्या बुँदागत रुपमा लिएर आउनुस सरकारले सम्बोधन गर्नेछ ।’

साथै कार्यक्रममा बोल्दै पोखरेलले काठमाडौं चेम्बरले एक महिनासम्म रक्तदान कार्यक्रमको आयोजना गरेर देश र जनताप्रति उत्तरदायी भएको भन्दै प्रशंसा समेत गरेका थिए । काठमाडौं चेम्बरको आयोजनामा भदौ १ गतेदेखि जमलको कमलाक्षीमा सुरु भएको एक महिने रक्तदान कार्यक्रम मंगलबार समापन भएको थियो ।

एक महिने रक्तदान कार्यक्रममा ७ सयभन्दा बढि व्यक्तिले रक्तदान गरेका थिए । काठमाडौंका १ महानगर र १० नगरपालिकामध्ये काठमाडौं महानगरले सबैभन्दा बढि व्यक्तिलाई रक्तदान कार्यक्रममा सरिक गराएको थियो । यसैगरी चन्द्रागिरी नगरपालिका दोस्रो र तारकेश्वर नगरपालिका तेस्रो भएको थियो । प्रथम, द्धितिय र तृतिय हुने नगरपालिकालाई काठमाडौं चेम्बरले प्रशंसा पत्र समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL