Logo

खराब मौसमका कारण विभिन्न स्थानमा ७ हेलिकप्टर आकस्मिक अवतरण, सबै यात्रु सुरक्षित

खराब मौसमका कारण विभिन्न स्थानमा ७ हेलिकप्टर आकस्मिक अवतरण, सबै यात्रु सुरक्षित




काठमाडौं । खराब मौसमका कारण सोलुखुम्बुको लुक्लाबाट काठमाडौं आउँदै गरेका ७ ओटा हेलिकप्टरले विभिन्न स्थानमा आकस्मिक अवतरण गरेका छन । मंगलबार बिहानैदेखि नेपालभर पानी परिरहेका कारण लुक्लामा अलपत्र परेका पर्यटकको उद्धार गर्ने क्रममा हेलिकप्टरहरु विभिन्न स्थानमा आकस्मिक अवतरण गरेका हुन ।

काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भिजिविलिटी कम भएकै कारण काठमाडौं पुग्न नपाई ४ ओटा हेलिकप्टर काभ्रेको जोरपाटीमा र ३ हेलिकप्टर सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका हुन । काभ्रेको जोरपाटीमा आकस्मिक अवतरण गर्नेमा सिम्रीक एयरका २ ओटा र मनाङ र कैलाशका एक एक ओटा हेलिकप्टर रहेका छन । काभ्रेमा अवतरण भएका मध्ये एउटा हेलिकप्टर भने काठमाडौं आईसकेको छ । तस्विर : सरोज बस्नेतको फेसबुकबाट


प्रतिक्रिया दिनुहोस्
MBL