Logo

एकै दिन तोलामा ११ सयले बढ्यो सुन, चाँदीको मूल्यमा पनि उच्च वृद्धि

एकै दिन तोलामा ११ सयले बढ्यो सुन, चाँदीको मूल्यमा पनि उच्च वृद्धि



काठमाडौं । लामो समयदेखि उतारचढाव भएको सुनको मूल्यमा सोमबार उच्च वृद्धि भएको छ । बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्दै ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको मूल्यको उताचढावका कारण नेपाली बजारमा पनि सोही अनुरुप मूल्यमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी आईतबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मूल्य पनि सोमबार बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।

बजारमा चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँले बढ्दै ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL