Logo

नेपाल–इटाली वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ, दुई देशबीच व्यापारिक सम्बन्ध बढाइने

नेपाल–इटाली वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ, दुई देशबीच व्यापारिक सम्बन्ध बढाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ जेठ, काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा क्याविनेट श्रेष्ठ चयन भएका छन् । संघको आज भएको पहिलो वार्षिक साधारण सभाले उनलाई सर्वसम्मतीबाट अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र नवराज धकाल चयन भएका छन् भने महासचिवमा नरेश श्रेष्ठ चयन भएका छन् । यसैगरी सचिवमा रामशरण थपलिया र मनोज श्रेष्ठ चयन भएका छन् । संघको अवैतानिक सल्लाहकारमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ रहेका छन् ।

संघले श्रेष्ठको ध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघले नेपाल र इटालीबीच आर्थिक व्यापारिक सम्बन्ध सुदृढ विस्तार गर्न निजी क्षेत्रबाट योगदान पुर्याउने अध्यक्ष श्रेष्ठले बताए । ‘संघले दुईदेशबीच व्यापार तथा लगानी, पर्यटन प्रवद्र्धन, व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, मेला गोष्ठी गर्न सहयोग गर्नेछ,’ उनले भने, ‘साथै मुलुक भरका उद्योगी व्यवसायी तथा व्यापारीलाई समेट्दै सवैको सक्रिय सहभागितामा व्यवसाय बृद्धि गर्ने खालका क्रियाकलाप अघि बढाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL