Logo

सुनको मूल्य ८ सयले बढ्यो, तोलाको साढे ७३ हजारमा कारोबार

सुनको मूल्य ८ सयले बढ्यो, तोलाको साढे ७३ हजारमा कारोबार



काठमाडौं । मंगलबार र बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेको छ ।

बुधबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रति तोला ८ सय रुपैयाँले वृद्धि भई तोलाको ७३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य ७२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तर बिहीबार भने प्रति तोला ८ सय रुपैयाँले वृद्धि भई ७३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबारको तुलनामा बुधबार २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको चाँदीको मूल्य बिहीबार १५ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँ प्रति तोला पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL