Logo

सुनको मूल्य निरन्तर उकालो, बिहीबार तोलाको साढे ७१ हजार

सुनको मूल्य निरन्तर उकालो, बिहीबार तोलाको साढे ७१ हजार



काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रम अझै रोकिएको छैन । निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयामा कारोबार भएको छ ।

laxmi

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १२ सय रुपैयाँले बढेर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रति तोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

बुधवार चाँदीको मूल्य ८२० रुपैयाँ रहेको थियो । बिहीबार चाँदीमा प्रति तोला २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL