Logo

सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको ७१ हजार पुग्यो

सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको ७१ हजार पुग्यो



काठमाडौं । ३ दिन सम्म ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ७१ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

मंगलबार छापावाल सुन तोलाको ७१ हजार, तेजावी सुनको मूल्य ७० हजार ७ सय र चाँदी प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । सुनको मूल्यमा उच्च वृद्धि भएसँगै सुन पसलहरुमा ग्राहकको भिड कम भएको ब्यवसायीहरुले जानकारी दिएका छन ।

सुनसँगै चाँदीको भाउमा पनि बृद्धि भैरहेको छ । सोमबार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसैको असरले आन्तरिक बजारपनि प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL