Logo

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, तोलाको ७० हजार नजिक

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, तोलाको ७० हजार नजिक



काठमाडौं । सुनको मूल्य बुधबार पनि १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढेका कारण नेपाली बजारमा पनि यसको मूल्यमा अत्याधिक वृद्धि भएको हो ।

हिजो मंगलबार ६८ हजार रुपैयाँ प्रति तोलामा विक्रि भईरहेको सुनको मूल्य बुधबार १ हजार ५ सयले बढेर ६९ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ । गत १६ गतेदेखि बढेको सुनको मूल्य ६ दिनमा मात्रै ४ हजार ५ सय रुपैयाँले बढेको छ । साउन १६ गते सुन प्रतितोला ६५ हजार रुपैयाँ प्रतितोलामा विक्री भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL