Logo

विधान संशोधन गर्न एफएनसीसीआईले कात्तिक २९ मा तोक्यो विशेष सधारणसभाको मिति

विधान संशोधन गर्न एफएनसीसीआईले कात्तिक २९ मा तोक्यो विशेष सधारणसभाको मिति



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कात्तिक २९ गतेका लागि विशेष साधारणसभाको मिति तोकेको छ । कात्तिक २९ गतेका लागि महासंघको विधान संशोधनका लागि विशेष साधारणसभाको मिति तोकिएको विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालले जानकारी दिए ।

महासंघको बुधबार भएको केन्द्रिय समितिको बैठकमा विशेष साधारणसभाको मिति तय गर्ने सम्बन्धमा विवाद भएको थियो । विधान संशोधनका लागि ढकालले प्रस्ताव गरेसँगै त्यसमा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले प्रतिवाद गरेपछि बुधबार मिति तय हुन सकेको थिएन ।

सो दिन विवाद भएपछि महासंघका अध्यक्ष भवानी राणाले उपयुक्त दिन हेरेर कात्तिक भित्रै विधान संसोधनका लागि विशेष साधारणसभा बोलाउने बताएकी थिईन् । सोही अनुरुप कात्तिक २९ गतेका लागि मिति तोकिएको ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL