Logo

महासंघको विशेष साधारणसभा रोक्न राजीनामाको हल्ला, माहोल आफ्नो पक्षमा नभएपछि बैठकबाटै बाहिरिए मुरारका

महासंघको विशेष साधारणसभा रोक्न राजीनामाको हल्ला, माहोल आफ्नो पक्षमा नभएपछि बैठकबाटै बाहिरिए मुरारका


बिजखबर संवाददाता
12k
Shares

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारणसभा तोक्ने विषयमा सहमति हुन नसकेपछि महासंघ थप विवादित बन्न पुगेको छ । विधान संसोधनका लागि मिति तोक्न महासंघका विशिष्ट सदस्य तथा विधान संसोधन समितिका संयोजक चण्डी ढकालले प्रस्ताव गरेसँगै निवर्तमान अध्यक्ष पशुपति मुरारकाले त्यसको प्रतिवाद गरेपछि विवाद बढेको हो ।

सधारणसभाबाट विधान संसोधन समितिको संयोजकको जिम्मा पाएका ढकालले हिजो भएको महासंघको केन्द्रिय समितिको बैठकमा मिति तोक्न प्रस्ताव गरेका थिए । तर, छलफलका क्रममै निवर्तमान अध्यक्ष मुरारकाले नोट अफ डिसेन्ट लेख्छु भनेर प्रतिवाद गरेपछि बैठकले अर्को मोड लिन पुगेको थियो ।

निवर्तमान अध्यक्ष मुरारकाको आफु जतिपनि बोल्ने तर अरुले बोलेको सुन्न नचाहने बानीका कारण समस्या सिर्जना भएको महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए । ‘निवर्तमान अध्यक्षसँग बोल्ने शक्ति जतिपनि भयो तर अरुले बोलेको सुन्ने शक्ति देखिएन,’ उनले भने, ‘बैठकमा कुनै निर्णय नभई छलफल चलिरहेकै समयमा नोट अफ डिसेन्ट लेख्छु भनेर भन्नु भयो त्यसको कुनै औचित्य छैन ।’

विधान संसोधन समितिका संयोजक ढकालले राजीनामा नै नदिएको विषयलाई राजीनामा दिईयो भनेर दुश्प्रचार गर्न खोजिएको समेत उनको भनाई थियो । ‘हिजो भएको बैठकमा न संयोजक ढकालले राजीनामा दिनुभएको छ न कसैले राजीनामा पत्र बुझेको छ,’ उनले भने, ‘अनावश्यक प्रपोगाण्डा निकाल्नका लागि राजीनामा दिएको हल्ला फैलाईयो ।’ साथै अध्यक्ष भवानी राणाले बैठकमा कात्तिक भित्रै विशेष साधारणसभा गर्नेगरी मिति तोक्नुपर्ने बताएको समेत उनले जानकारी दिए ।

बैठकमा प्रायःजसो सदस्यले विधान संसोधनको मिति तोक्नुपर्ने राय पेश गरेपछि निवर्तनमा अध्यक्ष मुरारकाले बैंठक नै छाडेर निस्किएको महासंघका एक सदस्यले जानकारी दिए । ‘मुरारकारले विधान संसोधनको मिति तोक्नै हुँदैन यसमा नोट अफ डिसेन्ट लेख्छु भनेपछि सबै उनैप्रति खनिए,’ ति सदस्यले भने, ‘बैठकमा उपस्थित प्रायःजसो सदस्य उनीमाथी खनिएपछि बैठक चल्दा चल्दै उनी उठेर हिडे ।’ बैठकमा आफुले राखेको प्रस्तावको विरोधमा अन्य सदस्यहरुले प्रतिवादमा उत्रिएपछि बाहिर आएर राजीनामाको हल्ला चलाएको समेत ती सदस्यको दावी थियो ।

बुधबार भएको बैठकमा महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वा नहुनेभन्दा पनि महासंघको प्रदेशिक संरचना, बस्तुगत संघको अधिकारजस्ता विषयलाई आगामी दिन हुने विशेष साधारणसभामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको महासंघका केन्द्रिय सदस्य रविन श्रेष्ठले बताए । ‘यस अघि महासंघको साधारणसभाले दिएको मेण्डेट अनुसार नै विधान संसोधन समितिका संयोजक चण्डीराज ढकालले प्रस्ताव राख्नुभएको थियो,’ उनले भने, ‘तर, निवर्तमान अध्यक्ष पशुपति मुरारकाले विधानसंसोधनको नाम सुन्ने वित्तिकै नोट अफ डिसेन्टजस्ता बखेडा झिक्नुभएपछि बैठकले नै अर्कैै मोड लियो ।’ तर, बजारमा संयोजकले राजीनामा दिँदै नदिएको विषयमा अतिरञ्जित गर्दै राजीनामा दिईयो भनेर हल्ला फैलाउनु दुर्भाग्य भएको उनको भनाई थियो ।

तर, हिजो भएको बैठकमा मुरारकाले विशेष साधारणसभाको विषयलाई लिएर नोट अफ डिसेन्टजस्ता अनावश्यक बखेडा निकाले पनि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने यस्ता विषयलाई साधारणसभाबाटै टुङ्गो लगाउनुपर्ने बताएको श्रेष्ठले जानकारी दिए । ‘बैठकमा वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु साधारसभाकै म्याण्डेटबाट आएको र अब हुने विशेष सधारणसधाले जे म्याण्डेट दिन्छ त्यो मान्न तयार छु भन्नुभएको छ,’ श्रेष्ठले भने, ‘विशिष्ट सदस्य ढकाललाई पनि साधारण सभाले विधान संसोधन गर्नका लागि म्याण्डेट दिएको हुँदा उहाँले जसरी पनि गराउनु पर्छ कानुन अनसार पनि यसलाई कसैले रोक्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL