Logo

पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा पुनः ढकाल, महासचिवमा भट्टराई

पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा पुनः ढकाल, महासचिवमा भट्टराई



काठमाडौं । पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्र प्रसाद ढकाल पुनः निर्वाचित भएका छन । । राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारण सभाले ढकाललाई पुनः नयाँ कार्यकालको लागि अध्यक्ष चयन गरेको हो ।

ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष हुन । मञ्चको उपाध्यक्षमा धौलागिरि अञ्चलबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदन कुमार महत र लुम्बिनीबाट शोभाकर न्यौपाने निर्वाचित भएका छन ।

त्यस्तै महासचिवमा यादव भट्टराई, सचिवमा नारायणप्रसाद तिम्सिना र कोषाध्यक्षमा योगराज कडेल शर्मा निर्वाचित भएका छन भने ढकालको अध्यक्षतामा १७ जना सदस्य समेत रहेका छन ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले देश अहिले संघीय शासन प्रणालीमा गएको भए पनि साविकको पश्चिमाञ्चाल विकास क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि एक भएर साझा चौतारीका रुपमा काम गर्नेगरी स्थापना भएको विशुद्ध सामाजिक संस्थाका रुपमा सो मञ्च स्थापना भएकोले यसै नामबाट नै सञ्चालन गरिएको जानकारी दिएका छन ।

उनले यस क्षेत्रको भूगोल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक धरोहर तथा अरु कैयन अद्धितीय सम्पदाहरुका कारण देशको पश्चिमाञ्चल क्षेत्र नेपालकै एक अलौकिक सम्भावनायुक्त क्षेत्र रहेको समेत बताएका छन ।

पश्चिमाञ्चल विकास क्षेत्रका गण्डकी, धौलागिरी र लुम्बिनी अञ्चललाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले सो मञ्चको गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL